नेपाल-भारत संयुक्त आयोगको बैठक सम्पन्न, के-के विषयमा भयो छलफल ?

काठमाडौं । नेपाल र भारतका परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा विविध विषयमा छलफल भएको छ।
परराष्ट्र मन्त्रालयका अनुसार होटल याक एन्ड यतिमा भएको छलफलमा ऊर्जा तथा जलस्रोत, व्यापार तथा परिवहन, शिक्षा, संस्कृति र राजनीतिक विषयमा छलफल भएको हो।
दरबारमार्गस्थित होटल याक एण्ड यतीमा भएको बैठकको नेपालका तर्फबाट परराष्ट्रमन्त्री एनपी साउद र भारतका तर्फबाट विदेशमन्त्री एस जयशंकरले नेतृत्व गरेका थिए।
बैठकमा दुई देशबीचको आर्थिक तथा सामाजिक सम्बन्ध, व्यापार कनेक्टिभिटी र राजनीतिक सम्बन्धलगायत विषयमा छलफल भएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए।
बैठक सुरू हुनुअघि नेपाल र भारतबीच दीर्घकालीन व्यापार विद्धुत सम्झौतामा हस्ताक्षर भएको थियो।
सिंहदरबारमा ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा भएको सम्झौतामा नेपालका ऊर्जासचिव गोपाल सिग्देल र भारतका ऊर्जा सचिव पंकज अग्रवालले हस्ताक्षर गरेका थिए।
बैठकमा सहभागी हुन भारतीय विदेशमन्त्री एस जयशंकर आज बिहानै काठमाडौं आइपुगेका आएका थिए।
मन्त्री जयशंकरले बिहान राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
















युक्रेनबारे यसै साता अबुधाबीमा वार्ता हुने क्रेमलिनद्वारा पुष्टि
बोर्डले सार्वजनिक ग-यो प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण
पुस महिनाको मुद्रास्फीति दुई दशमलव ४२ प्रतिशत
त्रिभुवन विश्वविद्यालयद्वारा परीक्षा प्रणाली विकेन्द्रीकरण सुरु
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
कम्युनिष्ट एकता आजको आवश्यकता होः संयोजक दाहाल
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया