एमाले अध्यक्ष ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ । नेपालको दुई दिने भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस। जयशंकर र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज (बिहीबार) अपरान्ह भेटवार्ता भएको छ ।
विदेशमन्त्री जयशंकर र ओलीबीच बत्तिसपुतलीस्थित होटेल द्वारिकाजमा भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सहकार्यबारे छलफल भएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । ‘कार्यसूची अन्तर्गत नै भेटवार्ता भएको हो’, उनले भने, ‘दुई नेताबीच आपसी हितका विषयमा कुरा भएको छ ।’
नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बिहीबार बसेको सातौँ बैठकमा सहभागी हुन जयशंकर बिहीवार काठमाडौँ आएका हुन् ।
यसअघि बिहीबार बिहानै उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा वार्ता गरेका थिए । त्यसपछि उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सिंहदरबारमा एक घण्टा लामो वार्ता गरे ।
दुई शीर्ष नेतासँगको भेटवार्तापछि याक एन्ड यती होटलमा संयुक्त आयोगको बैठकमा उनले भाग लिए । त्यसपछि द्वारिकाज पुगेर जयशंकरले ओलीसँग वार्ता गरेका हुन् ।
















बिहीबारका लागि कुन देशको विदेशी मुद्राको विनिमय दर कति ?
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया