काठमाडौंमा आज यो वर्षको हालसम्मकै न्यून तापक्रम
मेरोन्यूज
२०८० पुष २० गते ७:१६

काठमाडौँ । काठमाडौँ उपत्यकामा यस वर्षअन्तर्गत आज (शुक्रबार) अहिलेसम्मकै चिसो भएको छ।आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान ५:४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस देखिएको हो।
‘यो उपत्यकाका लागि यस हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो’, उनले भनिन्, ‘अझै घट्ने सम्भावना छ।’
दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्री सेल्सियसको बीचमा रहनेछ ।
हिजो काठमाडौंको तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।
यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भू–भागमा आज वर्षा हुने भएको छ । केही उच्च पहाड र हिमाली भू–भागमा वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया