पोखरामा प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी

गण्डकी । पोखरामा आजदेखि प्रथम प्रदेशस्तरीय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु हुने भएको छ ।
कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, गण्डकी प्रदेशको कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका र नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घको संयुक्त आयोजना सञ्चालन हुने प्रदर्शनी आगामी आइतबारसम्म चल्नेछ ।
प्रदर्शनीको २० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकको अनुमान छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रवद्र्धक रहेको उक्त प्रदर्शनीमा ७० भन्दा बढी प्रदर्शनी कक्ष रहने पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । उनका अनुसार एक हजारभन्दा बढी प्रकारका उपकरण तथा प्रविधिका सामग्रीे प्रदर्शनीमा राखिनेछ । “विदेशी उत्पादक कम्पनीले पनि प्रदर्शनीमा भाग लिँदैछन्”, उनले भने, “व्यवसायी तथा किसानलाई कृषियन्त्र, उपकरणबारे जानकारी दिनुका साथै बिक्रीको पनि प्रबन्ध गरिएको छ ।”
पोखरा प्रदर्शनी केन्द्रमा हुने सो प्रदर्शनीमा पोखरा महानगरपालिकाले अनुदानमा आफ्ना किसानलाई कृषि उपकरण र सामग्री वितरणसमेन गर्ने भएको छ । महानगरको कृषि व्यवसाय प्रवद्र्धन समितिको बिहीबार बसेको बैठकले प्रदर्शनीको अवसर पारेर एक सय १६ मिनिटिलर, तीन सय ८५ प्लाष्टिकलगायत सामग्री वितरण गर्ने निर्णय गरेको महाशाखा प्रमुख कडरियाले बताए ।
पोखरामा पहिलोपटक आयोजना हुन लागेको कृषि यान्त्रीकरण प्रदर्शनीबाट यस क्षेत्रका किसानले प्रत्यक्ष लाभ लिने उनको भनाइ छ । “कम लागतमा कृषि उत्पादन र बजारीकरणका लागि यान्त्रीकरणलाई अवलम्बन गर्न यो प्रदर्शनीले किसानलाई प्रेरित गर्छ, नयाँनयाँ प्रविधिबारे किसानले सिक्ने र बुझ्ने अवसर पनि पाउँछन्”, महाशाखा प्रमुख कडरियाले भने ।
















‘जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर छु’
अमेरिकामा अत्यधिक हिमपात, सयौ उडान अवरुद्ध
नेप्सेमा झिनो अंकको सुधार, काराेबार रकम ८ अर्ब २२ करोड
सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
माघ १७ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया