भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौं । नेपालको दुई दिने भ्रमण सकेर भारतीय विदेशमन्त्री एस जयशंकर फर्किएका छन्। परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर उनलाई विदाई गरे ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन जयशंकर बिहीबार नेपाल आएका थिए ।
उनको नेपाल भ्रमणका क्रममा नेपाल र भारतबीच १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ।
यसैगरी बिहीबार आयोगको बैठकपछि नेपाल-भारतबीच चार बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
बिहीबार नै जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउतलगायतसँग शिष्टाचार भेटवार्ता गरेका थिए।
उनले आज बिहान पशुपतिनाथ मन्दिर परिसरको दर्शन गरेका थिए । साथै त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन पनि गरेका थिए ।
















मध्यपूर्व युद्ध अन्त्य गर्न चीनको आह्वान
वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण
लागूऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
भारतीय केरा आयात रोकिँदा नेपाली केराले मूल्य पाउन थाले
इरानको एक सपिङ सेन्टरमा आगलागी हुँदा ८ जनाको मृत्यु
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
प्रतिक्रिया