सर्लाही घटनाको छानबिन गर्न काँग्रेसको माग

काठमाडौँ । नेपाली काँग्रेसले सर्लाहीको बरहथवा नगरपालिकास्थित प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिको विषयलाई लिएर भएको प्रदर्शनका क्रममा एक जनाको मृत्यु भएको घट्नाप्रति दुःख व्यक्त गरेको छ ।
प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकर साहको मृत्यु भएको घटनामा ध्यानाकर्षण भएको जनाउँदै काँग्रेसले घट्नाको छानबिन गर्न माग गरेको छ ।
मुख्य सचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै घटनामा केही व्यक्ति घाइते भएको र त्यसपछि उत्पन्न घटनाप्रति दुःख व्यक्त गर्दै काँग्रेसले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
‘घटनाको सत्य(तथ्य अध्ययन गरी यथार्थ छानबिन गर्नुका साथै घटनामा घाइते भएकाहरूको उपचार गर्न र प्रदर्शनकारीले उठाएको विषयमा गम्भीर बन्न सरकारसँग नेपाली काँग्रेस माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
हरेक नागरिकले आफ्ना अधिकारको विषयलाई उठान गर्दा शान्तिपूर्ण, मर्यादित र हिंसारहित उपाय अवलम्बन गर्न प्रदर्शनकारीलाई आग्रह गर्दै सुरक्षा निकाय एवं सम्बन्धित सबै पक्षलाई संयमित रहन समेत काँग्रेसले आग्रह गरेको छ ।

















‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
‘इरानसँग सम्झौतामा प्रगति’ भएको भन्दै ट्रम्पले ‘प्रोजेक्ट फ्रीडम’’ स्थगित गरे
अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता
अनधिकृत लिङ्क नखोल्न सीआईबीको आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया