राष्ट्रिय सभा निर्वाचन : बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक जारी
मेरोन्यूज
२०८० पुष २१ गते १९:४३

काठमाडौैं । राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न गठबन्धन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।
आजको बैठकले राष्ट्रिय सभामा कुन दलले कति सिट पाउने भन्ने टुङ्गो लगाउने बताइएको छ ।
बिहान बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको थियो । योसँगै सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय भएको छ ।
राष्ट्रियसभाका २० जना सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ।
कार्यकाल सकिनुअगाडि नै माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ। राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ।
सम्बन्धित
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
मन्त्रिपरिषद्को बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
युएइमाथी फेरी इरानले गर्यो मिसाइल र ड्रोन आक्रमण
प्रतिक्रिया