बुधबार, वैशाख २३, २०८३

राष्ट्रिय सभा निर्वाचन: दलहरूले धेरै सिट मागेपछि गठबन्धनको बैठक निष्कर्षविहीन

मेरोन्यूज २०८० पुष २१ गते २१:४०

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि १९ सिटमा भागबण्डा मिलाउन बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ ।

Advertisement
NiccNicc

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको सत्ता गठबन्धनको बैठकमा सिट बाँडफाँटको विषयमा समान्य छलफल हुनुबाहेक ठोस सहमति जुट्न नसकेको हो।

काङ्ग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, नागरिक उन्मुक्तिको बैठकमा दलहरूले बढी सिट मागेपछि कुरा नमिलेको एक नेताले जानकारी दिए ।

दलहरूले धेरै सिट दाबी गरेपछि गठबन्धन बैठक निष्कर्षविहीन ‘प्रमुख दलले बढी सिट दाबी गरेपछि बैठक निष्कर्षमा पुग्न सकेन,’ एक नेताले भने, ‘काँग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाबीच मुख्य गरी कुरा मिलेन ।’ उनले जनमतले पनि एक सिट दाबी गरेको जानकारी दिए ।

प्रतिक्रिया