सोमबार, माघ १९, २०८२

राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्य सिटमा सहमति जुट्यो

मेरोन्यूज २०८० पुष २२ गते १२:५२

काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच राष्ट्रपतिले मनोनीत गर्ने राष्ट्रिय सभा सदस्यबारे पनि सहमति जुटेको छ ।

आइतबार बिहान बसेको बैठकमा एकीकृत समाजवादीले पाउने सिट बारे सहमति जुट्न बाँकी छ । कांग्रेसले १०, माओवादी ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक सिट लिने प्रस्ताव छ । तर एकीकृत समाजवादीले ३ सिट पाउनुपर्ने अडान राखेका कारण सहमति हुन सकेको छैन ।

राष्ट्रपतिले मनोनीत गर्ने सदस्यबारे सिटमा राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललाई मनोनीत गर्ने सहमति भएको हो ।

राष्ट्रपतिबाट मनोनीत एकसहित राष्ट्रियसभा २० सदस्यको पदावधि फागुन २० मा सकिँदैछ । १९ सिटका लागि २३ पुसमा उम्मेदवारी दर्ता र ११ माघमा निर्वाचन मिति तोकिएको छ ।

प्रतिक्रिया