राष्ट्रियसभाका लागि राप्रपाले टुंग्यायाे ९ उम्मेदवार

काठमाडौं । राप्रपाले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ ।
आइतबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले ९ जना उम्मेदवार टुंगो लगाएको हो ।
राप्रपाले कोशी प्रदेशमा उद्धव पौडेललाई उम्मेदवार बनाउने भएको छ।
यस्तै बागमती प्रदेशमा महिलातर्फ नानु नगरकोटी, अल्पसंख्यकतर्फ भरतमणि भट्ट, दलिततर्फ पूर्णबहादुर विक र अन्यतर्फ हेमजङ गुरुङलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
राप्रपाले गण्डकी प्रदेशमा महिलातर्फ गौमती श्रेष्ठ र अन्यतर्फ रोमबहादुर भण्डारी उम्मेदवार बनाउने भएको छ ।
यस्तै लुम्बिनी प्रदेशमा अन्यतर्फ निरञ्जन थापा र महिलातर्फ विजयलक्ष्मी सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
मधेश प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि राप्रपाले उमेदवार टुंगो लगाउने राप्रपाको तयारी छ।
माघ ११ गते राष्ट्रियसभा सदस्यको निर्वाचन हुँदै छ । त्यसका लागि भोलि उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम छ ।
















टेक्सासमा गोली हानाहान : २ जनाको मृत्यु, ३ घाइते
प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा सरकारको निगरानी : विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
एम्बुलेन्सबाट गाँजा बरामद, दुई जना भारतीय नागरिक पक्राउ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया