आइतबार, माघ १८, २०८२

बरहथवा घटना : मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति

मेरोन्यूज २०८० पुष २२ गते १९:२१

जनकपुरधाम। सर्लाहीको बरहथवा घटनामा ११ बुँदे सहमति भएको छ । मृतक पक्ष र प्रशासनबीच आइतबार ११ बुँदे सहमति भएको हो ।

आज भएकाे छलफलबाट छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने सहितको ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए ।

याेसँगै आन्दोलनरत पक्षले आन्दोलनको कार्यक्रम फिर्ता लिएको छ ।

गत शुक्रबार प्रहरीकाे गाेली लागेर जयशंकर साहको मृत्यु भएकाे थियाे । त्यसयता मृतक पक्षले विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका थिए ।

सहमतिसँगै मारिएका स्थानीय युवा व्यवसायी जयशंकर साहको शव पनि तीन दिन पश्चात प्रहरीले मुचुल्का गरी उठाउन लागेको छ ।

प्रतिक्रिया