शनिबार, वैशाख २६, २०८३

गोंगबुमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु

मेरोन्यूज २०८० पुष २३ गते १३:५३

काठमाडौँ । गोंगबुमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ ।

Advertisement
NiccNicc

काठमाडौँ महानगरपालिका–२६ गोंगबु मित्रनगर एक नम्बर गेट नजिक सडकमा बा प्र ०३–००१ प ०५०० नं को टिपरले बा ५४ प ५२६६ नं को मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकलमा सवार काठमाडौँ तारकेश्वर नगरपालिका चिसापानी बस्ने गोरखा घर भएका २५ वर्षीय रनबहादुर तामाङको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी प्रधानकार्यालयले जनाएको छ ।

प्रतिक्रिया