मंगलबार, चैत २४, २०८२

सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन खुला

मेरोन्यूज २०८० पुष २५ गते ११:०८

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिमार्फत आज (पुस २५ गते) देखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । 

Advertisement
nepal life insurencenepal life insurence

कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो।  सर्वोत्तमले नेपालमै पहिलो पटक बुक बिल्डिङ विधिमार्फत आवेदन खुला गरेको हो।

कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि नौ लाख ३० हजार र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि दुई लाख ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो।

कम्पनी निष्कास गरेको आईपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। 

लगानीकर्ताले न्यूनतम ५० कित्ता सेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा माघ १० गते हुनेछ भने ढिलोमा माघ २५ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने माघ १० गतेसम्ममा आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया