भोजपुरको स्वास्थ्य शिविरमा १८ सय बढीको उपचार

टक्सार (भोजपुर) । दुर्गम भेगका नागरिकलाई उनीहरूको घरदैलोमा नै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले भोजपुरको दक्षिणमा रहेका दुई पालिकामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
विराटनगरस्थित नोबेल मेडिकल कलेजको सहयोगमा जिल्लाको हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार र आमचोक गाउँपालिकाको केन्द्र बालङ्खामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थ्य शिविरमा एक हजार आठ सयभन्दा बढी लाभान्वित भएका शिविर संयोजक जनक घलेले बताए। शिविरमा छ सय ७० जना महिला र तीन सय ९२ जना पुरुषले विशेषज्ञ सेवा लिएका थिए ।
त्यसैगरी, आमचोक गाउँपालिकामा भएको शिविरमा एक हजार ६२ जना नागरिकले सेवा लिएका संयोजक सन्तोष कोइरालाले जानकारी दिए ।
शिविरमा २३ जना चिकित्सकसहितको टोलीले जनरल मेडिसिन तथा मुटु रोग, प्रसूति तथा स्त्रीरोग, बालरोग, शल्यक्रिया, हाडजोर्नी तथा नसा रोगलगायत विभिन्न १३ वटा रोगको उपचार सेवा प्रदान गरिएको थियो ।















जुम्लामा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
कामपाले १० वटा वडाबाट भूमि प्रशासन सेवा केन्द्र सञ्चालन गर्ने
सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग छलफलमा प्रधानमन्त्री
लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया