ब्रिटिस काउन्सिल नेपालको साँस्कृतिक तथा शैक्षिक सम्बन्ध सुदृढीकरणको ६५औँ वार्षिकोत्सव

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले आफ्नो मूख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५औं वर्ष स्मरण गर्दैछ ।
बेलायत-नेपाल मैत्री सन्धिको शतवार्षिकी उत्सबकै आएको यो विशिष्ठ अवसरले दुई मुलुकहरुबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पार्दछ ।
नेपालका लागि बेलायती राजदूत महामहीम रब फेनले यस अवसरलाई कोषेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरे । महामहीम राजदूत रब फेनले भने, “ बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थाई रहेको छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकहिरुबीचको सास्कृतिक तथा शैक्षिक सम्बन्धहरुलाई सुध्रिढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।“
त्यसैगरि बेलायतका लागि नेपाली राजदूत महामहीम ज्ञानचन्द्र आचार्यले भने, “ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको साँस्कृतिक तथा शैक्षिक आदान प्रदानलाई उजागर गर्दछ, बिगतलाई झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गर्दछ । दुई शताब्दीभन्दा लामो द्धिपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकहरुबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुधिढ बनाउन सघाउँदछ ।”
बेलायत र नेपाल बीच कूटनैतिक सम्वन्धको एक अशंका रुपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो ।
त्यस उप्रान्त, नेपाल सरकारको शैक्षिक तथा साँस्कृतिक सुधारका पहलहरुमा यो भरपर्दा साझेदारका रुपमा बिकास भएको छ, जसका प्रभावहरु लाखौं जनताहरुबीच पुगेका छन् । ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक, शाहिदा म्याकडुगले पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गरे । विगतका ६ दशकहरुमा हामीले थुप्रै व्यक्तित्व र संघसंस्थाहरुसँग मिलेर लाखोंबीच पुग्न सकेका छौं । साथै ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा साँस्कृतिक फाँटमा रुपान्तरणकारी प्रभाव छोडन सफल भएकोछ,” उनले जोड दिए ।
लण्डन मूख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरुमा गरेका प्रयासहरु र उल्लेख्य योगदानहरुलाई प्रष्टाएकोछ । विगतका ६५ बर्षहरुमा ब्रिटिस काउन्सिल नेपालले साझेदारीहरुलाई अभिबृद्धि गर्दै, सहकार्यलाई सहजिकरण गर्दै विभिन्न कार्यक्रमहरु मार्फत समुदायमा गतिलो छाप छोड्न सम्भव तुल्याएको छ ।
प्रदर्शनी लण्डनको रेडम्यान पी एल, इ२० १जेक्यू, बेलायतमा सर्बसाधारणका लागि १ एप्रल, २०२४ सम्म खुला रहनेछ ।
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया