ताप्लेजुङको फुङ्लिङमा भूमिहीनलाई निस्सा वितरण

फुङ्लिङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकाका भूमिहीनलाई निस्सा वितरण गरिएको छ । जग्गाधनीपुर्जाविहीन भूमिहीनलाई राष्ट्रिय भूमि आयोग जिल्ला समितिले निस्सा वितरण गरेको हो ।
राष्ट्रिय भूमि आयोग जिल्ला समितिले नगरपालिकाभित्र रहेका भूमिहीन परिवारलाई जग्गाको निस्सा वितरण गरेको समितिका अध्यक्ष कृष्णकुमार बस्नेतले बताए । फुङ्लिङ नगरपालिकाभित्रका ३६ दलित, ७० जना सुकुम्बासी र ११ जना अव्यवस्थित बसोबासीलाई निस्सा प्रदान गरिएको हो ।
फुङ्लिङ नगरपालिकाका ११ वटै वडाका एक सय ७३ जनाले राष्ट्रिय भूमि आयोग जिल्ला समितिसमक्ष जग्गाधनी पुर्जा प्राप्त गर्न निवेदन दिएका थिए । समितिसमक्ष निवेदन दिएकामध्ये प्रमाणीकरण भएका एक सय १७ जना भूमिहीनलाई निस्सा वितरण गरिएको आयोगले जनाएको छ ।
जग्गा प्राप्तिका लागि निवेदन दिने ५६ जना भने प्रमाणीकरणमा नपरेका समितिले जनाएको छ । एकजना दलित, चारजना सुकुम्बासी र अन्य अव्यवस्थित परिवार माग दाबीअनुसार प्रमाणीकरणमा पर्न अयोग्य ठहरिएका समितिले जानकारी दिएको छ ।
निस्सा पाएकाले सम्बन्धित वडामा जग्गा प्राप्तिका लागि आफ्नो दाबी प्रस्तुत गर्न पाउने अध्यक्ष बस्नेतले बताए । उनका अनुसार प्रमाणीकरणमा परी निस्सा पाएका परिवारले बजार क्षेत्रमा न्यूनतम चार आना र बजारबाहिर एक रोपनीसम्म जग्गा प्राप्त गर्नेछन् ।















कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
न्युजिल्यान्डविरुद्धको टी-२० सिरिजमा भारत ४-१ ले विजयी
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया