क्यान्सरपीडितको उपचारका लागि आर्थिक सहयोग

सङ्खुवासभा । सङ्खुवासभाको सभापोखरी गाउँपालिका–१ लेब्राङका क्यान्सरपीडित एक पुरुषलाई उपचारका लागि रु दुई लाख ७० हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।
फेसबुक अभियानमार्फत अमेरिकामा सङ्कलन गरिएको उक्त रकम क्यान्सरपीडित ३५ वर्षीय उमेश श्रेष्ठलाई प्रदान गरिएको हो ।
श्रेष्ठको उपचारका लागि ५२ नेपालीबाट सङ्कलन गरिएको सो रकम प्रदान गरिएको खाँदबारी नगरपालिका–११ घर भई हाल अमेरिकास्थित वासिङ्टन बस्ने लीला श्रेष्ठले जानकारी दिए ।
फेसुबक अभियानबाट अमेरिकामा रकम जुटाएको रकम जनज्योति माध्यिमक विद्यालयका पूर्वप्रधानाध्यापक होमबहादुर अधिकारीमार्फत क्यान्सरपीडित श्रेष्ठको उपचारका लागि प्रदान गरिएको उनले बताए ।
दश वर्षअघि फेरिएको मिर्गौलाले काम नगर्ने भएपछि पुनःमिर्गौला फेर्नुपर्ने भएकाले आर्थिक अभावका कारण सहयोगका लागि पीडित परिवारले याचना गरेका थिए ।
पैसाको अभावमा क्यान्सर रोगको उपचार गर्न नसक्नुभएका श्रेष्ठलाई उपचारमा सहयोग गर्न अभियान सञ्चालन गर्दै आएको उनले बताए । क्यान्सरपीडित श्रेष्ठलाई अहिले स्वदेश तथा विदेशमा रहेका नेपालीबाट सहयोग जुटेको उनले बताए ।
















प्रतिनिधिसभा सदस्य निर्वाचन : बैतडीमा एक हजार चार सय ४२ कर्मचारी खटाइने
कञ्चनपुरमा चुनावी सरगर्मी बढेसँगै चोक–चौतारीमा उम्मेदवारको व्यक्तित्व र ‘एजेन्डा’ माथि मन्थन
सर्लाहीमा सवारी दुर्घटनाः छ महिनामा २९ जनाको मृत्यु, १९० घाइते
मौसम पूर्वानुमान: उच्च पहाडी भेगका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया