लेखक पौडेलको कृति ‘अष्ट–ज’ बजारमा

काठमाडौँ । प्राध्यापक दुर्गादत्त पौडेलद्वारा लिखित ‘अष्ट-ज’ नाम पुस्तक सार्वजनिक गरिएको छ । सोमबार आयोजित एक समारोहमा उक्त पुस्तकको प्राध्यापक लोकनाथ पौडेलले सार्वजनिक गरे ।
सो अवसरमा पुस्तकबारे चर्चा गर्दै पूर्वमन्त्री डा प्रकाशचन्द्र लोहनीले पुस्तक मुलुकको विकासका लागि राम्रो चिन्तन गरेर लेखिएको तर राजनीतिक दलहरुले भने मुलुकको समृद्धिमा कुनै ध्यान नदिएको बताए । उनले मुलुकको विकासका लागि स्थायी सरकार र राजनीतिक दलको ध्यान विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले मुलुकको विकासका लागि लगानीमैत्री वातावरण बनाउन आवश्यक रहेको बताए । सो पुस्तक विकास निर्माणका लागि मार्गदर्शन रहेको उनको धारणा थियो ।
प्रतिनिधिसभा सदस्य तथा अर्थशास्त्री डा स्वर्णिम वाग्लेले मुलुकमा जोखिम मोलेर लगानी गर्ने आँट गर्नुपर्ने भन्दै अस्थिर राजनीतिक अवस्था र महँगो निर्वाचन प्रणाली अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए ।
वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले नेपाली हिन्दू संस्कारमा अष्ट–जको महत्व निकै रहेको र लेखकले मुलुकको विकासका लागि अष्ट-ज अनुसार विकास गर्न सुझाव लिएको बताए ।
लेखक पौडेलले पुस्तकले देशको मुहार फेर्नका लागि केही सहयोग पुग्नेमा विश्वास व्यक्त गर्दै पुस्तक बिक्रीबाट आएको रकम काठमाडौँ वन विज्ञान क्याम्पसमा सहयोग गर्ने जानकारी दिए ।
अष्ट-जको अर्थ जल, जमिन, जङ्गल, जडिबुटी, जनशक्ति, जनावर, जराजुरी र जलवायु रहेको छ । यी अष्ट-ज को विकास गर्न सकेमा मुलुक समृद्ध हुने लेखकको भनाइ छ ।
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया