मिथिलामा ‘लाइ’ बनाउन भ्याइनभ्याई

महोत्तरी । घर–घरमा तिलासक्रायत पर्व मनाएपछि मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा ‘लाइ’ (तील, चिउरा, मुरी, लट्टे र जुनेलो भुटेर सखरको खुँदोमा मिलाएर बनाइने लड्डु, एक प्रकारको मिष्टान्न परिकार) बनाउन भ्याइनभ्याई छ । मैथिल धमाधम ‘सनेस’ (कोसेली) पुर्याउने चटारोमा छन् । घरघरमा पर्व मनाइएपछि मिथिलामा ‘सनेस’का लागि ‘लाइ’ बटार्ने (बनाउने) चटारो हुन्छ ।
मिथिला क्षेत्रका घरघरमा अहिले तील, चिउरा, जुनेलो र मुरीका ‘लाइ’ बनाउन थालिएको छ । सोमबार तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै अब पर्वको ‘सनेस’ नातेदारका घरमा पुर्याउने परम्परा धान्न ‘लाइ’ बनाउने व्यस्तता बढेको हो । विवाहित छोरी, दिदीबहिनी, पूmपू, दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको ‘सनेस’ पठाउने स्थापित मैथिल परम्परा छ ।
“पर्व मनाइएपछि ‘लाइ’ बनाउने व्यस्तता बढ्छ, पर्व सम्पन्नपछि सनेस पठाउनुपर्ने भएकाले अहिले घरघरै यो कामले छोपेको छ”, बर्दिबास–९ पशुपतिनगरकी शैल महतो भन्नुहुन्छ, “यो सामाजिक–पारिवारिक वास्तासँग जोडिएको परम्परा बन्यो, मैथिल संस्कृति हो ।”
अघिअघिका वर्षमा माघ लागेसँगै बिहानैदेखि पारिलो घाम लाग्ने गरेको विगत सम्झना भए पनि यसपालि भने हुस्सु हटेको छैन । चिसो स्याँठबीच नै सनेसको तयारी गर्नुपरेको छ । “माघ लागेपछि बिहानदेखि पारिलो घाम लाग्थ्यो, यसपालि अँध्यारो कुहासा (हुस्सु)ले अझै छोडेको छैन”, शैलकी छिमेकी दिपियादेवी महतोले भने, “यतिबेला छोरीचेली माइती भेट्न आउँछन् भन्ने आशमा हुन्छन् ।”
सामान्यतया माघ लागेपछि चिसो घट्ने र घाम लाग्ने आम अड्कल यसपालि मिलेको छैन । माघे सङ्क्रान्तिका दिन घाम नदेखिएरै बितेको थियो । आज पनि हुस्सुले छोड्ने छाँटकाँट छैन । पहिलो दिन घर र छिमेकीबीच पर्व मनाएपछि त्यसयता विवाहित चेलीबेटी र मित–मितिनीकहाँ सनेस पठाउन ‘लाइ’ बनाउने गरिन्छ । मिथिलामा कात्तिक शुक्लपक्षमा मनाइने छठपर्व र माघ १ गते मनाइने तिलासक्रायत पर्वको कोसेली महिनैभरि आफन्तकहाँ पुर्याउने परम्परा छ ।
















29 dead, 190 injured in six months in Sarlahi
HoR election: 1,442 employees to be deployed in Baitadi
दलका घोषणापत्रमा आर्थिक मुद्दाले प्राथमिकता पाउन सकेनन् : अध्यक्ष ढकाल
32 days to HoR elections: Ballot papers printed for 18 constituencies in 15 districts
वीरगन्ज हुँदै ६ महिनामा ७ अर्ब ६४ करोडको दलहन भित्रियो
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया