औषधी व्यवस्था विभागमा ढकालको सरुवा आतंक

काठमाडौं । औषधीको नियमक निकाय औषधी व्यवस्था विभागमा सरुवा आतंक फैलिएको छ । विभागका महानिर्देशक नारायण ढकालले मनोमानी तरिकाले कर्मचारी सरुवा गर्न थालेपछि यस्तो आतंक मच्चिएको हो ।
अधिकृतस्तरका कर्मचारीको फेरबदल स्वास्थ्य मन्त्रालयले गर्ने भएतापनि कर्मचारीको लिष्ट बनाएर आफैले सरुवा गरिदिएका हुन् । नियमित सरुवाको समय नै नभएकाहरुलाई पनि ढकालकै दबाबमा मन्त्रालयले सरुवा गरेको स्रोतले जनाएको छ । ‘ कुनै पनि प्रकारको नियमित सरुवा होइन महानिर्दैशक ढकालको लिष्टमा एउटा पनि तलमाथि नभई सरुवा भएको छ,’ स्रोतले भन्यो ।
औषधी व्यवस्था विभाग स्रोतका अनुसार ढकालले आफूखुसी गर्ने काममा प्रश्न उठाउने र गुपचुप रुपमा ऐन परिवर्तनको मस्यौदा तयार गरिरहेको विषयमा चासो देखाउने कर्मचारीलाई छानी—छानी जिम्मेवारी हेरफेर र सरुवा गरेका छन् ।
लोकसेवाबाट नाम निकालेर वीर अस्पतालमा पदस्थापन भएको तीन महिना पनि नपुगेका फार्मेसी अधिकृत अनुप विष्टलाई विभागमा तानेका छन् । वीरमा जान पहिलेदेखि नै रुची राखेका मानबहादुर महरालाई पठाएका छन् ।
त्यसैगरी, कोशी प्रदेशबाट एक वर्षअघि औषधी व्यवस्था विभाग सरुवा भएका संजीव कट्टेललाई स्वास्थ्य सेवा विभाग पठाएका छन् । उनको ठाउँमा स्वास्थ्य सेवा विभागबाट निशा पराजुलीलाई ल्याइएको छ । पराजुली लोकसेवाबाट नाम निकालेर विभागमा पदस्थापन भएर कार्यभार सम्हालेको एक वर्ष मात्रै भएको छ ।
सामान्यतयाः सुरुको पदस्थापन भएको दुई वर्षसम्म कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गरिदैन् । कर्मचारीहरु पनि कम्तीमा २ वर्ष एक ठाउँमा रहेर काम गर्न चाहन्छन् । महानिर्देशक ढकालले आफूलाई मन नपरेका कर्मचारीलाई अवधि नै नपुगी सरुवा गराएका छन् । उनले आफूले भनेअनुसार खुरुखुरु काम गर्ने निकट कर्मचारीलाई भने ७÷८ वर्षदेखि विभागमै काखी च्यापेर राखेका छन् । केही समयअघि वीर अस्पतालबाट कार्वाहीमा परेर विराटनगर सरुवा भएका श्याम मण्डललाई औषधी व्यवस्था विभागमै काजमा ल्याएका छन् ।
त्यसैगरी, औषधी व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख टेकेन्द्र मिश्रलाई औषधी व्यवस्था विभाग तानिएको छ भने औषधी व्यवस्था विभागका निकेश श्रेष्ठलाई विराटनगर पठाइएको छ ।
त्यस्तै, विभागबाट चतुर्भुज धनाडीलाई डडेल्धुरा पठाइएको छ । डडेल्धुराका विवेक श्रेष्ठलाई वीर अस्पताल र सर्फराज अहमदलाई वीरगञ्जबाट औषधी व्यवस्था विभाग ल्याइएको छ । उनले आफूखुशी सरुवा गरेको भन्दै कर्मचारीहरुले मन्त्रालयमा असन्तुष्टि प्रकट गरेका छन् ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया