न्यायाधीश गिरीविरुद्धको निवेदन न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा

काठमाडौं । निलम्बित जिल्ला न्यायाधीश भुवन गिरीविरुद्धको मुद्दाको पेसी सर्वोच्च अदालतका न्यायाधीश डा मनोजकुमार शर्मा र सुनिल पोखरेलको इजलासमा परेको छ।
न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित उनकी श्रीमती आरतीले दायर गरेको रिटको पेसी बुधबार सर्वोच्चका न्यायाधीशद्धय शर्मा र पोरखेलको इजलासमा परेको हो।
यसअघि न्यायाधीश गिरीविरुद्ध पत्नी आरतीले काठमाडौं जिल्ला अदालत र कपिलवस्तु जिल्ला अदालतमा बैवाहिक बलात्कारको उजुरी हालेकी थिइन्। दुबै अदालतले न्यायधीश गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए।
जिल्ला अदालतको आदेशविरुद्ध रावल क्षेत्राधिकार रहेको उच्च अदालतमा ७३ नम्बरको निवेदन लिएर थुनामै राख्नुपर्ने माग गरी निवेदन दिन पुगेकी थिइन् । क्षेत्राधिकार रहेको दुवै उच्च अदालतले समेत जिल्ला अदालतकै आदेश सदर गरेपछि रावल सर्वोच्च अदालत आइपुगेकी हुन् ।
न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामै रहेको छ । तर अदालतले गिरीलाई थुनामा नराखी धरौटीमा छाडेको भन्दै रावल सर्वोच्च अदालतसम्म आइपुगेकी हुन् ।
सोही मुद्दाको सुनुवाइका लागि बुधबार न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा पेसी परेको छ।
















सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
भूमिहीन नागरिकहरूको पहिचान गरी दीगो समाधान गरिने : प्रधानमन्त्री शाह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया