समृद्धिका लागि नेपाल र भारतबीचको सहकार्य मजबुत हुनुपर्छ : उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नजिकको छिमेकीका रुपमा नेपाल र भारतको विगत, वर्तमान र भविष्य जोडिएको बताएका छन् ।
आफूसँग भेट गर्न आज लैनचौरस्थित उपराष्ट्रपति निवास पुगेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँगको भेटमा उनले दुई देशका जनताको प्रगति र समृद्धिका लागि मित्रता तथा सहकार्य थप मजबुत हुनुपर्ने बताए ।
“भारत नेपालको एक महत्वपूर्ण विकास साझेदार रही आएको छ, हामीले भारतबाट आर्थिक, प्राविधिकलगायत विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग प्राप्त गर्दै आएका छौँ”, उपराष्ट्रपतिले भने, “हवाई, सडक र रेलमार्ग, पेट्रोलियम पाइपलाइन, जलविद्युत् तथा प्रसारण लाइनको विकास, एकीकृत जाँच चौकी (आइसिपी) र मानव संशाधन विकासका क्षेत्रमा नेपाल–भारत सहकार्य महत्वपूर्ण छ ।”
छिमेकीलाई प्राथमिकता दिने भारतको नीतिले भारतले आफ्ना छिमेकी राष्ट्रलाई दिएको प्राथमिकता र महत्वलाई प्रतिविम्बित गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले उच्चस्तरीय भ्रमणको आदान–प्रदानले दुई मुलुकबीचको द्विपक्षीय सम्बन्धलाई थप मजबुत तुल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए। उनले नेपाल(भारतबीच दीर्घकालीन ऊर्जा व्यापारलगायत सम्झौता हुनु महत्वपूर्ण उपलब्धि भएको बताए ।
भेटमा भारतीय राजदूत श्रीवास्तवले दुई मुलुकबीच बहुआयामिक सम्बन्ध रहेको उल्लेख गर्दै भारत सधैँ नेपालको विकास यात्रामा सहयोगी रहेको र आगामी दिनमा पनि रहिरहने बताए । “भारत नेपालमा रासायनिक मल कारखाना खोल्नका लागि सम्भाव्यता अध्ययन गर्ने क्रममा छ, यसअघि कृषिमा भएको सम्झौता परिमार्जन गर्दै र खानेपानीको क्षेत्रमा भारतले हासिल गरेको अनुभवका आधारमा सहयोग गर्न भारत तयार छ”, उनले भने ।
राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालसँग विशेष लगाव रहेको जनाउँदै सन् २०२४ मा भारतका विदेशमन्त्रीको पहिलो अन्तर्राष्ट्रिय भ्रमण नेपालबाट हुनुले भारतले नेपाललाई दिएको महत्व र प्राथमिकतालाई दर्शाएको बताउनुभएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया