आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जस अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले एमडीएमएस, टेरामक्स र एनसेलको सेयर खरिद–बिक्रीका विषयमा छलफल गर्ने भएको छ ।
समितिले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग आज दिउँसो १ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभाकक्षमा आज छलफल बस्नेछ ।
आजै बिहान साढे १० बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि बस्दै छ । उक्त बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सन्चालित हुलाकी लोकमार्ग, पुष्पलाल (मध्यपहाडी लोकमार्ग), रेल्वे तथा मेट्रो विकास आयोजनाका विषयमा छलफल हुनेछ ।
उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग, उत्तर दक्षिण (कर्णाली) लोकमार्ग, उत्तर दक्षिण (कोसी) लोकमार्ग आयोजनाको हालसम्मको भौतिक तथा वित्तीय प्रगति, समस्या र चुनौती, समस्याको कारण, भावी कार्ययोजनाका विषय पनि बैठकको कार्यसूची छ ।
विधायन व्यवस्थापन समितिको बैठक पनि आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकको कार्यसूची विधायन सम्बन्धी विधेयक, २०८० मा विज्ञसँग छलफल गर्ने रहेको संसद् सचिवालयले जनाएको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया