रसिया पठाइदिन्छु भन्दै ७ लाख ठगी गर्ने एकजना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा कैलाली लम्कीचुहा नगरपालिका–६ घर भई हाल काठमाडौँ कीर्तिपुर नगरपालिका–१० बस्ने २८ वर्षीय सरोज थापा रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय सूचना अधिकारी तथा प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।
उपरीक्षक केसीका अनुसार पक्राउ परेका थापाले मोहन साउदलाई वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने र त्यसका लागि रु सात लाख तीस हजार लाग्ने तथा रसिया पुगेपछि प्रतिष्ठित कम्पनीमा रु एक लाखमा काम लगाईदिने भन्दै विश्वास दिलाइ पीडितबाट पटक–पटक गरी जम्मा रु सात लाख तीस हजार रकम लिई सम्पर्कविहीन भई ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारबाहीको लागि आज वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको सूचना अधिकारी तथा प्रहरी उपरीक्षक केसीले बताए ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
प्रतिक्रिया