बुधबार, मंसिर १७, २०८२

वृश्चिकलाई एकपछि अर्को अवसर, अन्य राशीकाे आज कस्ताे छ दिन ?

मेरोन्यूज २०८० माघ ५ गते ७:१९

आज २०८० साल माघ ५ गते शुक्रबार । पुष शुक्ल नवमी । पञ्चाङ्ग: साध्य बालव भरणी। जनवरी १९ तारिख २०२४

यस्तो छ आज तपाईंको राशिफल :-

मेष आज लामो समयदेखि रोकिएका काम पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेकाे छ । पुराना साथिभाइसँग भेटघाट हुनेछ ।

वृष : अनावश्यक विवादमा पर्न सकिने देखिन्छ । बाेल्दा विचार पुर्‍याउनु हाेला। पढाई लेखाइमा अलिक बढी ध्यान दिनुपर्ने समय हाे ।

मिथुन : भार्मिक यात्राले मन प्रशन्न रहनेछ । मिहिनेतकाे राम्राे प्रतिफल मिल्नेछ । चिताएको काम तीव्र गतिले अगाडि बढ्नेछ ।

कर्कट : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको काम सजिलै सम्पन्न हाेला । तर्क र विवादमा आफ्नाे पक्षकाे जित हाेला ।

सिंह : लामो समयदेखि रोकिएको काम सम्पादन हुनेछ । व्यापार व्यवसायमा राेम्राे आम्दानी हुने छ । जग्गा जमिनको कारोबार गर्दा अधिक नाफा हुने देखिन्छ ।

कन्या : आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।

तुला : आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्ने छ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।

वृश्चिक :एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।

धनु : आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पनि पर्नेछ ।

मकर : आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कुम्भ : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्ने छ ।

मीन : नोकरीबाट मानसम्मान मिल्ने छ । अध्यापनको क्षेत्रमा प्रगति हुनेछ । परिवार र साथिभाइकाे साथ र सहयाेग मिल्नेछ ।

प्रतिक्रिया