वृश्चिकलाई एकपछि अर्को अवसर, अन्य राशीकाे आज कस्ताे छ दिन ?

आज २०८० साल माघ ५ गते शुक्रबार । पुष शुक्ल नवमी । पञ्चाङ्ग: साध्य बालव भरणी। जनवरी १९ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : आज लामो समयदेखि रोकिएका काम पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना रहेकाे छ । पुराना साथिभाइसँग भेटघाट हुनेछ ।
वृष : अनावश्यक विवादमा पर्न सकिने देखिन्छ । बाेल्दा विचार पुर्याउनु हाेला। पढाई लेखाइमा अलिक बढी ध्यान दिनुपर्ने समय हाे ।
मिथुन : भार्मिक यात्राले मन प्रशन्न रहनेछ । मिहिनेतकाे राम्राे प्रतिफल मिल्नेछ । चिताएको काम तीव्र गतिले अगाडि बढ्नेछ ।
कर्कट : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको काम सजिलै सम्पन्न हाेला । तर्क र विवादमा आफ्नाे पक्षकाे जित हाेला ।
सिंह : लामो समयदेखि रोकिएको काम सम्पादन हुनेछ । व्यापार व्यवसायमा राेम्राे आम्दानी हुने छ । जग्गा जमिनको कारोबार गर्दा अधिक नाफा हुने देखिन्छ ।
कन्या : आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको काम समेत सम्पादन हुन सक्छ ।
तुला : आज कुनै कुराले मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्ने छ । बन्द व्यापार र पेसा व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने छ ।
वृश्चिक :एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन ।
धनु : आज शुभकार्य तथा सामाजिक क्षेत्रमा धन खर्च हुनसक्छ । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पनि पर्नेछ ।
मकर : आज तपाईंको सामान हराउन सक्छ । सहयोग गर्नेहरूले झुक्याउन सक्छन्, सावधान रहनुहोला । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
कुम्भ : रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्ने छ ।
मीन : नोकरीबाट मानसम्मान मिल्ने छ । अध्यापनको क्षेत्रमा प्रगति हुनेछ । परिवार र साथिभाइकाे साथ र सहयाेग मिल्नेछ ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
यस्ता छन् बालेन सरकारको शासकीय सुधारका सय कार्यसूची
प्रतिक्रिया