रास्वपाले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको छ : सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले संसद र संसदीय समितिमा रचनात्मक प्रतिपक्षका निर्वाह गरेको बताए ।
शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै उनले जनतालाई दुःख नदिई नेताले गर्न सक्ने कुरालाई प्रथामिकतामा राखेर आफूहरू लागिरहेको बताए ।
अहिले रास्वपाले मिसन २०८० अन्तर्गत बन्द भएका आयोजनामा कामका लागि दबाब गर्दै आएको उनको भनाइ थियो । उनले भने, “मानिसको बस्ती र जनतालाई असर नगर्ने गरी काम गर्न सक्नु नै वास्तविक विकास हो ।” विकासको विरोध हुनु सही नभए पनि विकास गर्दा सामजस्यता कायम गर्नुपर्ने उनको भनाइ थियो ।
फरक प्रसङ्गमा बोल्दै उनले अहिले रास्वपालाई सहकारीका बचतकर्ताहरूको बचतको सुरक्षाको विषय चिन्ताको बिषय भएको बताए । सहकारीमार्फत लाखाँै ठगिएको विषयमा आफूहरूले सरकारलाई समाधानसहितको प्रतिवेदन बुझाउने तयारीमा रहेको उनले जानकारी दिए । उनले भने, “बचतकर्ताको बचतको सुरक्षा राजनीतिक दल, दलका प्रतिनिधि, जनताको प्रतिनिधिकाका साथै जिम्मेवार व्यक्तिका रूपमा मेरो प्रथामिकताको विषय हो ।”
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया