राममय बन्यो जलेश्वर

जलेश्वर । भारतको उत्तर प्रदेशमा रहेको अयोध्यामा आउँदो सोमबार (जनवरी २२ तारेख) का दिन हुन लागेको भगवान् रामको प्राण प्रतिष्ठा कार्यक्रमलाई लिएर अहिले महोत्तरी सदरमुकाम जलेश्वर राममय भएको छ ।
जलेश्वरमा अहिले प्रत्येक घर, व्यापार, व्यवसाय, पसल, उद्योग, कारखाना र नगरभरि रहेका प्रत्येक पोलमा भगवान् रामचन्द्रको प्रतिमा अङ्कित झण्डा लगाउनुका साथै बिजुली बत्ती र फूलमाला लगाएर झकिझकाउ बनाइएको छ ।
त्यसैगरी जलेश्वरको प्रत्येक प्रतिष्ठान र घर परिवारमा अहिले ‘राम आँयेगें’ बोलको गीतले गुञ्जिएको छ । यसैबीच राम मन्दिरमा हुन लागेको भगवान् रामचन्द्रको प्राण प्रतिष्ठालाई लक्षित गर्दै जलेश्वर नगरपालिकाले आउँदो सोमबार नगभरिका सबै घर, मठ, मन्दिर, उद्योग, व्यापार, व्यवसाय, पसल, कलकारखाना र नगरभरिका सम्पूर्ण दोबाटो, चौबाटो तथा चोकचोकमा दीप प्रज्वलन गर्न नगरवासीलाई आग्रह गरेको छ ।
नगरप्रमुख सुरेश साह सोनारले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण नगरवासीमा राम भगवान्को प्राण प्रतिष्ठाको दिन खुसियाली मनाउन आग्रह गरेका हुन् । उनले हामी सम्पूर्ण व्यक्तिलाई माता जानकीको नगरवासी (मिथिलावासी) रहेको सङ्ज्ञा दिनुहुँदै हाम्रो लागि भगवान् रामको मन्दिरमा प्राण प्रतिष्ठाको दिन गौरव र सम्मानको दिन भएकाले सो दिनमा दीपावली मनाउनुको साथै खुसी साटासाट गर्न आग्रह गरे ।
साथै जलेश्वर नगरपालिकाद्वारा आउँदो सोमबार जलेश्वर नगरपालिका क्षेत्रभित्र माछा, मासु र मदिराको सेवन तथा बिक्री वितरणमा रोक लगाइएको विज्ञप्तिमा उल्लेख छ ।
सोही दिन जलेश्वरका युवाले पनि भगवान् रामचन्द्रको प्राण प्रतिष्ठाको दिनलाई स्मरणीय बनाउन सो दिनमा जलेश्वर नगरभरि रामचन्द्र र माता सीताको झाँकी निकाल्ने, रामनाम जापसहितको बाजागाजा र लावा लस्कर निकालेर नगरपरिक्रमा गर्ने, जलेश्वरनाथ महादेव परिसरमा दीप प्रज्वलन गर्ने, जलेश्वर नगरपालिका–१ स्थित बरुण सरोवरमा साँझपख गङ्गा आरती गर्ने, राति नगरभरि दीपावली गर्न लगाउनेलगायतका कार्यक्रम राखेको जलेश्वर उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले बताए ।

















न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनलाई पार्टीको पुनः समर्थन
प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही
कर्णाली मन्त्रिपरिषद् बैठक : दुई सडक राष्ट्रिय प्राथमिकतामा राख्न सिफारिस
सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
प्रतिक्रिया