एनआईसी एसिया बैंकको नाफा ४१ प्रतिशत घट्यो

काठमाडौँ । एनआईसी एसिया बैंकको नाफामा ४१ प्रतिशत घटेको छ ।
बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार ६ महिनामा एक अर्ब ९० करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले तीन अर्ब २७ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी गत वर्षको दोस्रो त्रैमासमा ६ अर्ब १६ करोड रुपैयाँ रहेकोमा अहिले पाँच अर्ब ५४ करोड रुपैयाँमा खुम्चिएको छ ।
त्यस्तै बैंकको लोन लस प्रोभिजन ४८ करोड रुपैयाँ छ । जबकि गत वर्षको दोस्रो त्रैमासमा बैंकले ४७ करोड ९६ लाख रुपैयाँ ‘राइट ब्याक’ गरेको थियो । बैंकको वार्षिक प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५९ पैसा छ । गत वर्षको यस अवधिमा ५६ रुपैयाँ ७७ पैसा थियो ।
बैंकले लिन फि तथा कमिसन बापतको रकम भने वृद्धि भएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म फि तथा कमिसन बापत एक अर्ब २० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब तीन करोड ९२ लाख रुपैयाँ खुद फि तथा कमिसन आर्जन गरेको थियो ।
बैंकको सञ्चालन मुनाफा पनि घटेको छ । उक्त शीर्षकमा बैंकले तीन अर्ब ५६ करोड १० लाख रुपैयाँ आर्जन गरेको छ । बैंकको कर्जा लगानी तथा निक्षेप संकलन भने बढेको छ । कर्जा लगानी १२ प्रतिशतले वृद्धि भएको छ भने निक्षेप संकलन २२ प्रतिशतले वृद्धि भएको छ ।
हाल बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ । बैंकले पुस मसान्तसम्म जगेडा कोषमा १६ अर्ब २७ करोड ६ लाख रुपैयाँ सञ्चित गरेको छ । बैंकको वितरणयोग्य मुनाफा भने ५९ करोडभन्दा बढी ऋणात्मक छ ।















गुल्मीमा पाँच दिनदेखि सम्पर्कविहीन बाबुछोरी
राष्ट्रिय सभा उपाध्यक्ष भण्डारीले लिइन् शपथ
प्रतिनिधि सभामा राष्ट्रियसभाबाट प्राप्त तीन विधेयकसम्बन्धी सन्देश टेबुल
राष्ट्रियसभाका रिक्त चार समिति सभापति निर्विरोध चयन
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
‘पिएसपिपी’बाट देशको आर्थिक उन्नयनमा योगदान पुग्छ:चन्द्रप्रसाद ढकाल
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
प्रतिक्रिया