यू–१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित

काठमाडौं । नेपाल आईसीसी यू–१९ विश्वकपमा पहिलो पटक न्युजिल्यान्डसँग पराजित भएको छ ।
दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकपमा नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो । युवा ब्याटर अर्जुन कुमालको उत्कृष्ट ब्याटिङका बाबजुद नेपाल पराजित हुन पुग्यो ।
न्युजिल्यान्डले दिएको ३ सय ३ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३८ रन बनायो।
नेपालका लागि अर्जुन कुमाल शतक बनाउनबाट चुके। १ सय ४ बलमा १२ चौका हानेका अर्जुन ३७।२ ओभरमा ९० रन बनाउँदा क्याच आउट भए ।उनले बनाएको ९० रन नै सर्वाधिक रह्यो।
यस्तै कप्तान कप्तान देव खनाल ३६ रनमा क्याच आउट भए। ओपनर दिपक बोहोरा शुन्य र आकाश त्रिपाटी २ रनमा क्याच आउट भए।
सुवास भण्डारी ३३ र तिलक भण्डारी १७ रनमा नटआउट रहे। आकाश चन्दले १४ रन थपे।
यस्तै गुल्सन झा २ रनमा क्याच आउट भए। विकेट किपर उत्तम मगर शून्य रनमा आउट भए।
न्युजिल्यान्डका माट रोवेले ३ विकेट लिए। एवाल्ड ओस्कार ज्याक्सनले समान २ विकेट लिए। यस्तै मासोन क्लार्क, ओस्कार ज्याक्सन, ज्याक कुमिन्सले समान एक एक विकेट लिए ।
त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको विशाल योगफल बनाएको थियो ।
















इरान युद्ध र ट्रम्पको अल्टिमेटमबारे रुस र चीनका विदेशमन्त्रीको वार्ता
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
यस्तो छ आज कृषिउपजको थोक मूल्य
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया