मिडियामा निरन्तर आइरहेका विषयमा ‘स्पष्ट पार्न’ पत्रकार सम्मेलन गर्दै लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियामा निरन्तर आइरहेका विषय वस्तुहरुको उत्तर दिन तयार रहेको बताएका छन् ।
लामिछानेले आफू समेत जोडिएको सहकारी घोटालाका सन्दर्भमा ‘सत्यतथ्य’ सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने बताएका छन्। सोमबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै मिडियामा निरन्तर आइरहेका “स्लिप” मा आजै साँझ प्रेस मिट गरी सबै स्पष्ट पार्ने बताएका हुन् ।
लामिछाने राजनीतिमा आउनुपूर्व ‘ग्यालेक्सी फोरके’ नाम टेलिभिजन सञ्चालनमा ल्याउन सहकारी संस्थाबाट गैरकानुनी रुपमा रकम स्थानान्तरण गरी लगानी गरेको विषय सार्वजनिक भएको छ।
उनले लेखेका छन्, ‘गाली गर्न कोही छुट्नु भो कि? छुट्नु भएको भए गरिहालौं है। मलाई केही कुरा लुकाउनु छैन। पहिलेदेखि जे भन्दै आएँ, त्यसैमा अडिग छु। मिडियामा निरन्तर आइरहेका “स्लिप” मा कोहि “स्लिप” हुनै पर्दैन। बाँकी भ्याए सम्म आजै साँझ प्रेस मिटको तयारी गर्दैछु। सारा प्रश्नहरु एकत्रित पार्दै गर्नु होला, कसैको कुनै प्रश्न नछुटोस्। त्यसैबाट सबै स्पष्ट पार्ने नै छु।’

















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
प्रतिक्रिया