प्रधानमन्त्री कपमा कोशीको लगातार सातौं हार

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार सातौँ हार बेहोरेको छ ।
मुलपानी क्रिकेट मैदानमा कर्णाली प्रदेशसँग ७ विकेटले पराजित हुँदै कोशीले आफ्नो खराब प्रदर्शन कायम गरेको हो ।
कोशीले जितको लागि दिएको १ सय ५२ रनको लक्ष्य कर्णालीले ३० औं ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कर्णालीको जितमा विकेटकिपर अर्जुन घर्तीले अर्धशतक बनाए । उनी ४८ बलमा ६ चौका र २ छक्कासहित ५० रन बनाउदै नटआउट रहे ।
यस्तै, हिमांशु २४ रन बनाउँदै नटआउट रहँदा विपिन शाही २८, निश्चल २१, रविन्द्र शाहीले १२ र प्रकाश जैशीले ६ रन बनाए ।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कोशी ३४.३ ओभरमा अलआउट हुँदै एक सय ५१ रन बनाएको थियो ।
कोशी प्रदेशका लागि सुजन थपलियाले अर्धशतकीय ईनिङ खेलेका थिए । उनले ७३ बलमा चार छक्का र आठ चौका प्रहार गर्दै ७३ रनको योगदान दिए । आशिष भट्टराईले ११ तथा सौजन घिमिरेले १२ रन बनाउदा कोशीका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् ।
कर्णालीको लागि दिनेश अधिकारीले चार विकेट लिए । आठ ओभर बलिङ गरेका उनले एक मेडनसहित १८ रन खर्चिए । प्रकाश जैसीले तीन विकेट लिदा दिवान पुनले दुई विकेट हात पारे ।
जारी प्रतियोगितामा कर्णाली ६ खेलमा ३ जित र ३ हारसँगै पाँचौ स्थानमा छ भने अंकविहिन कोशी पुछारमा छ ।















आजको मौसम पूर्वानुमान : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षा
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्रा विनिमयदर
आज २०८२ साल चैत २३ गते सोमबारको राशिफल
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
नेपाली क्लाइम्बिङ टोली चीन जाने
प्रतिक्रिया