अक्षते–लेखानी सडक : ट्रयाक खुलेको २० वर्षपछि स्तरोन्नति गरिँदै

ढोरपाटन (बागलुङ) । सदरमुकाम बागलुङ बजारसँग जोडिएको काठेखोला गाउँपालिकाका थुप्रै ग्रामीण सडकको अवस्था निकै नाजुक छ ।
दुई दशक अगाडि ट्रयाक खोलिएका सडक अहिलेसम्म पनि स्तरोन्नति हुन नसक्दा यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । हिउँदमा धुलो र बर्खामा हिलोले सडक वरपरका स्थानीयवासी आजित छन् ।
तर अब भने विसं २०६० मा जनसहभागिता ट्र्याक निर्माण गरिएको अक्षते-सुल्डाँडा-लेखानी सडक २० वर्षपछि स्तरोन्नति गरिने भएको छ । यसलाई लोकमार्गको वैकल्पिक सडकका रुपमा लिइएको छ । स्थानीयले कोदालो, गैँटी र बेल्चाले महिनौँ लगाएर निर्माण गरेको सडक यसवर्ष स्तरोन्नति हुने भएको हो ।
बहुवर्षीय योजना अन्तर्गत सङ्घीय सरकार र काठेखोला गाउँपालिकाको सहकार्यमा सडक स्तरोन्नति हुन थालेको हो ।
काठेखोला–१ अक्षतेदेखि वडा नं ८ लेखानी जोडिएको १५ किलोमिटर सडकका लागि चालु आर्थिक वर्षमा एक करोड विनियोजन भएको छ । भुदीखोला पुलदेखि स्तारोन्नतिसहित ग्राभेलिङ गर्ने योजना गरेको काठेखोला गाउँपालिका–८ का अध्यक्ष प्रमानन्द कँडेलले जानकारी दिए । जिल्ला सदरमुकाम नजिकै भए पनि अप्ठ्रो सडकका कारण करिब दुई घण्टा यात्रा गर्नुपर्ने स्थिति रहेको उनको भनाइ छ ।
सडक सहज भए लेखानीदेखि बागलुङ बजार ३५ मिनेटमै पुग्न सकिने अध्यक्ष कँडेलले बताए । अहिले पालिका केन्द्र सुलडाँडा आउनका लागि एक घण्टा लाग्छ ।
“ट्र्याक खुलेको २० वर्ष भयो, अहिले बल्ल स्तरोन्नति गर्ने तयारी छ, धेरै लामो सडक होइन, अक्षतेदेखि लेखानीसम्म १५ किलोमिटर छ, तर अहिलेसम्म काम हुनसकेको थिएन, सडक साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटना हुने र बर्खामा बढी समस्या हुन्थ्यो, आगामी असार मसान्तसम्म एक करोडको काम हुन्छन्, जसका लागि ठेक्का सम्झौता भइसकेको छ,” अध्यक्ष कँडेलले भने । स्तरोन्नति अन्तर्गत सडक चौडा गर्ने, नाली निर्माण र बेसको अन्य काम हुनेछ । बाटो स्तरोन्नति नहुँदा वर्षौसम्म नागरिकले समस्या भोग्नु परेको थियो । “बर्खामा बढी समस्या हुने, ठाउँ–ठाउँमा पहिरोले सडक भत्किँदा यातायात ठप्प हुने गथ्र्यो, यद्यपि हामीहरुले जनसहभागिताबाट खुलाउँदै सञ्चालन गर्दै आएका थियौँ,”, उनले भने, “अबको बर्खामा सहज हुने आशा गरेका छौँ । अबको डेढ दुई वर्षमा सडक स्तरोन्नति हुने छ ।”










मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
प्रतिक्रिया