प्रधानमन्त्री कपमा एपीएफमाथि आर्मीको जीत
मेरोन्यूज
२०८० माघ ९ गते १६:१३

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई पराजित गरेको छ ।
मंगलबार भैरहवामा सम्पन्न खेलमा आर्मीले एपीएफलाई ४ विकेटले पराजित गरेको हो । एपीएफले दिएको १२२ रनको लक्ष्य पछाएको आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाएर पुरा गर्याे ।
पहिला ब्याटिंङ गरेको एपीएफले ३२.४ ओभरमा अलआउट हुँदै १२१ रनकाे याेगफल तयार गरेकाे थियाे ।
यो एपीएफको यस पीएम कपमा लगातार तेस्रो हार हो । एपीएफले ५ खेलमा ३ हार र २ जित हासिल गरेको छ । त्यस्तै आर्मीको भने यो पाँचौं खेलमा तेस्रो जित हो ।
अब आर्मीले बुधबार भैरहवामा नै लुम्बिनी प्रदेशसँग खेल्ने छ । त्यस्तै एपीएफले विहिबार लुम्बिनी प्रदेशसँग भैरहवामा नै खेल्ने छ ।
सम्बन्धित
















चोरीका सामान र नगदसहित चार जना पक्राउ
कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
लुम्बिनी प्रदेशसभा बैठकः सरकारप्रति प्रश्न र सुझाव
कलाकार बलेमाथि अनुसन्धान जारी, भ्रामक सूचना नफैलाउन आग्रह
सामान्य प्रशासन मन्त्रालयमा ‘गुनासो व्यवस्थापन केन्द्र’ स्थापना
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
प्रतिक्रिया