माल्टाका गृहमन्त्रीसँग एनआरएनए युरोप युवा संयोजक भण्डारी नेतृत्वको प्रतिनिधिमण्डलकाे भेट

माल्टा । गैर आवासीय नेपाली संघ (एनआरएनए) युरोप युवा संयोजक प्रकाश भण्डारीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले माल्टा सरकारका गृहमन्त्री बायरन क्यामिलेरीसँग भेटघाट तथा छलफल गरेको छ ।
भण्डारीसहित एनआरएनए माल्टाका महासचिव सन्देश के.सी, लेखा समिती संयोजक राजेन्द्र भण्डारीसहितको डेलिगेसन टिमले माल्टा सरकारका गृहमन्त्रीसँग नेपालीहरुको समस्या र समाधानको खोजिको बिषयमा छलफल गरेको हो । नेपाली डायस्पोराले पहिलोपटक माल्टामा उच्च ओहोदाको ब्यक्तित्वसँग भेटघाट गरेको हो ।
उक्त प्रतिनिधिमण्डलले भेटघाटमा माल्टामा पछिल्लो समयमा नेपालीहरुलाई आई पर्ने समस्या र समाधानको विषयमा समेत छलफल गरेका थिए ।
भेटघाटमा माल्टा सरकारले ल्याएको नयाँ नियम९क्पष्िि ऋबचम० , नेपालीहरुको विभिन्न समयमा आईपर्ने समस्याहरु जस्तै जव प्लस, टर्मिनेसन पश्चातको १० दिने टाईमको दायरा खुल्ला बनाउने,इमिग्रेसन, आइडेन्टिटा, लाईसेन्सको डेट र लिखीतमा नेपाली टान्सलेट सम्बन्धी बिषय लगायत हाउजिङ अकोमोडेसनकाबारेमा गृहमन्त्रीसँग कुराहरु राखेको एनआरएनए युरोप युवा संयोजक भण्डारीले बताए ।
भेटघाटमा गृहमन्त्री बायरन क्यामिलेरीले नेपालीहरुको समस्यालाई आफ्नो तर्फबाट सम्बोधन गर्ने आश्वासन दिएका छन् । भेटमा नेपाली राजदुताबासबारे उनको जिज्ञासा र माल्टामा रहेका नेपालीहरुको आवश्यक्ताबारे चासो ब्यक्त गर्नुका साथै छिट्टै नै माल्टाका आधिकारीक निकायहरुको साथमा नेपालीहरुको लागी ओरेन्टेसन कार्यक्रम राख्न गृहमन्त्री बायरन क्यामिलेरीले सहयोग गर्ने प्रतिबद्दता जनाएका छन् ।
उक्त प्रतिनिधिमण्डलले नेपालीहरुको समस्याहरु अब छिट्टै नै सम्बोधन हुनेमा बिश्वास लिएको छ । साथै छिट्टै माल्टा सरकारका प्रधानमन्त्रीसँग पनि भेटघाटको तालिका तय गर्ने एनआरएनए माल्टाले जनाएको छ ।










६ लाख २० हजार नयाँ मतदाता थपिए
पशुपतिनाथको नागमणि प्रदर्शन
पशुपतिनाथमा बाला चतुर्दशी मेलाको तयारी पूरा
प्रतिनिधिसभा निर्वाचन : सर्लाहीमा पाँच हजार बढी मतदाता थपिए
नेपाली कम्युनिष्ट पार्टीले यहि मङ्सिर १२ गते देखि देशव्यापी एकता सन्देश सभा आयोजना गर्ने
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारी दर्ता माघ ६ गते
एनपिएलको तयारी पूरा
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा
प्रतिक्रिया