बुधबार, मंसिर १७, २०८२

यस्तो छ आज तपाईंको राशिफल

मेरोन्यूज २०८० माघ १० गते ७:५९
facebook sharing button

आज २०८० साल माघ १० गते बुधवार । पुष शुक्ल चतुर्दशी । पञ्चाङ्ग: वैधृति गर पुनर्वसु । जनवरी २४ तारिख २०२४

यस्तो छ आज तपाईंको राशिफल :-

मेष सामाजिक सद्भाव प्राप्त होला । नयाँ मित्रसँग सहकार्य बन्नेछ । वैदेशिक कार्य सफल बन्नेछ ।

वृष : पारिवारिक किचलो बढेर जाला । नोकरीको लागि धेरै संघर्ष गर्नुपर्नेछ । प्रेम सम्बन्ध कसिलो बन्नेछ ।

मिथुन : अध्ययनको विषयमा तनाव बढ्नेछ । लगानी गर्दा संयमता अपनाउनु पर्नेछ । प्रियजन हरु टाढिएर जानेछन ।

कर्कट : गुरुजनद्वारा मार्ग निर्देशित बनिनेछ । पतिपत्नि बीचको विवाद झन बढ्नेछ । एकल निर्णय त्यति शुभ नरहला ।

सिंह : धार्मिक कार्यमा समय बित्नेछ । शैक्षिक लगानी बढेर जानेछ । मानसम्मान वृद्धिको योग रहला ।

कन्या : मनमा रहेको विचलनता हट्नेछ । गरिबिको सेवामा समय बित्नेछ । माता पिताको साथमा समय बित्नेछ ।

तुला : धार्मिक क्षेत्रको यात्रा तय गरिनेछ । कृषिकार्यमा लगानी बढ्नेछ । सम्पत्ति विवाद सुल्झेर जानेछ ।

वृश्चिक : प्राकृतिक विपत्तिको सामना गर्नुपर्नेछ । खानपानमा मुख बार्नुपर्नेछ । व्यापारी अवस्था मध्यम रहला ।

धनु : नयाँ प्रेम सम्बन्धमा परिने देखिन्छ । साझेदारी युक्त कार्य सफल बन्नेछ । जातीय विवादमा फसिएला ।

मकर : फलामजन्य कार्यमा लगानी बढ्नेछ । हराएको सामान पुन: प्राप्त होला । शैक्षिक भ्रमणका अवसरहरु मिल्नेछन ।

कुम्भ : सामाजिक कार्यमा सक्रियता रहला । विवादित मुद्दा केही हदसम्म सहज बन्नेछ । मिहेनत अनुरूप लाभ प्राप्त होला ।

मीन : सन्तान प्राप्तिमा ढिलासुस्ती हुनेछ । शारीरिक दुर्बलता बढेर जानेछ । अनावश्यक तनाब बढेर जानेछ ।

प्रतिक्रिया