विकाश र शेरको घातक बलिङमा कोशी १२३ रनमा अल आउट
मेरोन्यूज
२०८० माघ १० गते १२:३४

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई १२४ रनको सामान्य लक्ष्य दिएको छ ।
विकाश आग्री र स्पिनर शेर मल्लले उत्कृष्ट बलिङ गरेपछि कोशी ३२ ओभरमा १२३ रनमा अल आउट भयो ।
कोशीका लागि मिनाष थापाले ३७ बलमा ५ चौकासहित सर्वाधिक २६ रन बनाए । कप्तान अंकित थापाले २२ रन थपे। कमल खत्री १८ र फिर्दोस अन्सारी १३ रनमा आउट भए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
सुदूरपश्चिमका शेर मल्ल एक्लैले ५ विकेट लिए । यस्तै विकाश आग्रीले ४ विकेट लिए ।
सम्बन्धित
















युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
यस्तो छ राष्ट्रियसभा उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा
अर्थमन्त्रीको आश्वासनपछि सेयर बजारमा सुधार, नेप्से ८३ अंकले बढ्यो
मुस्ताङको तल्लो क्षेत्रमा बाक्लो हिमपात
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया