स्वास्थ्य बीमाको पहुँच बढाउन आवश्यक : स्वास्थ्यमन्त्री जोशी

मनहरी (मकवानपुर) । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले स्वास्थ्य बीमाको पहुँच बढाउन आवश्यक रहेको बताए ।
आज हेटौँडामा आयोजित स्वास्थ्य बीमा बोर्ड बागमती प्रदेशस्तरीय समीक्षा गोष्ठीमा बीमाको पहुँच बढाउँदै बीमितको उपचार तत्काल गर्ने गरी व्यवस्था मिलाउन पनि निर्देशन दिए ।
बीमा गरेका नागरिकलाई सबै प्रकारका उपचार सेवा र औषधी सहज रुपमा निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । उनले सबै पक्षको सकारात्मक पहलबाट स्वास्थ्य बीमा कार्यान्वयन प्रभावकारी हुने बताए ।
बीमाको प्रथम सेवा विन्दु नगर अस्पताल बनाएर अघि बढ्दा कार्यक्रम थप प्रभावकारी हुने भएकाले त्यसतर्फ प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । बीमामार्फत प्राप्त हुने औषधीको गुणस्तर कायम गर्ने र सहज रुपमा औषधी पाउने व्यवस्था बनाउन आवश्यक रहेको मन्त्री जोशीको भनाइ थियो ।
तीन वटै तहका स्वास्थ्यसम्बन्धी संरचना र स्वास्थ्य चौकीसँग जोडिएर काम गर्दा उपयुक्त हुने र बीमालाई नागरिकसँग जोड्ने काममा सहजता प्रदान गर्न स्वास्थ्य कार्यालयसँग मिलेर काम गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा दामोदर बसौलाले देशभरमा ७५ लाख नागरिक बीमामा आबद्ध रहेको बताउँदै बोर्डको उद्देश्य प्राप्तिका लागि प्रदेश र स्थानीय तहका संरचनाहरु पनि तयार गरिएको बताए ।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया