सोमबार, चैत २३, २०८२

यू-१९ विश्वकप

पाकिस्तानलाई नेपालले दियो १९८ रनको लक्ष्य

मेरोन्यूज २०८० माघ १० गते १७:२७

काठमाडौं । आईसीसी यू–१९ विश्वकपमा नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य दिएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

दक्षिण अफ्रिकाको बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभर खेल्दै सबै विकेट गुमाएर १९७ रनको योगफल खडा गरेको हो ।

नेपालका लागि ओपनर विपिन रावलले ६८ बलमा ४ र्चौका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । दीपक डुम्रेले २६ रन थपे ।

यस्तै, कप्तान देव खनालले २३ रन जोडे । सुवास भण्डारीले २० रन बनाउँदा आकाश चन्दले १६ र दीपेश कंडेलले १३ रनकाे याेगदान गरे ।

ओपनर अर्जुन कुमाल भने आज ६ रनमा आउट भए । उनले यसअघि पहिलो खेलमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएका थिए ।

पाकिस्तानका अराफत मिनहारसले नेपालकाे तीन विकेट लिए । अहमेद हुसेन र उबैद साहले दुई–दुई विकेट लिए । यस्तै खुबइब खालिल, मोहम्मद जिसान र अली अस्फन्दले समान एक विकेट लिए ।

प्रतिक्रिया