शुक्रबार, वैशाख १८, २०८३

राष्ट्रिय सभा निर्वाचनमा हर्क साम्पाङले पनि मतदान नगर्ने

मेरोन्यूज २०८० माघ ११ गते १३:४८

काठमाडौं । राष्ट्रिय सभा सदस्य चयनका लागि सातवटै प्रदेशमा बिहीबार निर्वाचन भइरहेको छ । तर, राष्ट्रिय सभा सदस्य चयनका लागि हुने निर्वाचनको मतदाता रहेका धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ)ले भने मतदान नगर्ने भएका छन् । 

Advertisement
NiccNicc

मेयर साम्पाङ कार्यव्यस्तता देखाउँदै राष्ट्रिय सभा सदस्य निर्वाचनमा मतदान नगर्ने भएका हुन् ।

यसअघि काठमाडौं महानगरका मेयर बालेन शाहपनि कार्यव्यस्तताका कारण राष्ट्रियसभा निर्वाचनमा नजाने बताइएको थियो । 

बिहान ९ बजेबाट सातै प्रदेशका प्रदेश निर्वाचन कार्यालयमा सुरु भएको मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्ने  निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया