सोमबार, चैत २३, २०८२

डेडिकेटेड र ट्रंक लाइन विवाद छानबिन आयोगका अध्यक्ष गिरिशचन्द्र लालले गरे शपथ ग्रहण

मेरोन्यूज २०८० माघ ११ गते १४:२९

काठमाडौं। डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधानका लागि छानबिन गर्न गठित उच्चस्तरीय आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश गिरिशचन्द्र लालले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

Advertisement
nepal life insurencenepal life insurence

बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष उनले  पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

गत २४ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले लालको नेतृत्वमा उद्योग मन्त्रालयका सहसचिव जीवलाल भुसाल र ऊर्जा मन्त्रालयका सहसचिव सदस्य रहनेगरी आयोग गठन गरेको थियो । 

लोडसेडिङका बेला केही उद्योगले प्रिमियम शुल्क लाग्ने डेडिकेटेड र ट्रंक लाइनबाट बिजुली प्रयोग गरेको विषयलाई लिएर उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच विवाद बढेको थियो ।

बक्यौता रकम नबुझाएको भन्दै प्राधिकरणले उद्योगको बिजुली काटिदिएको थियो । तर, सरकार समस्या समाधानका लागि भन्दै आयोग गठन गरेपछि र प्रधानमन्त्रीको निर्देशनपछि प्राधिकरणले उद्योगको बिजुली जोडिदियो । यही विवाद समाधानका लागि सरकारले आयोग गठन गरेको हो । 
 

प्रतिक्रिया