बिहीबार, वैशाख २४, २०८३

थुनुवासँगै आफू पनि भागेका प्रहरी जवान १६ वर्षपछि पक्राउ

मेरोन्यूज २०८० माघ १२ गते १३:१३

काठमाडौं । लागु औषधसहित पक्राउ परेका एक भारतीय नागरिकलाई हिरासतबाट भगाएर आफू पनि फरार भएका तत्कालीन प्रहरी जवान विरवल राय यादव १६ वर्षपछि पक्राउ परेका छन् ।

Advertisement
NiccNicc

रौतहट घर भएका यादव १६ वर्ष अगाडि महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका भारतको रक्सौल घर भएका ३९ वर्षीय असरफ आलमलाई २०६४ सालमा भगाएर आफू पनि भागेका  थिए। यादव लामो समयसम्म भारतमा गएर लुकेर बसेका थिए। प्रहरीका अनुसार उनले भारतमा ट्याक्सी चलाउने काम गर्दै आएका थिए। 

 उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको टोलीले नेपाल–भारत सिमानाको काकडभिट्टाबाट माघ पक्राउ परेको हो ।

प्रतिक्रिया