गायिका राणालाई दीर्घसाधना सम्मान

काठमाडौँ । विन्ध्यवासिनी फाउण्डेशनको १०औँ वार्षिक भेलाले ‘विन्ध्यवासिनी म्युजिक अवार्ड–२०८०’ मा सम्मानित तथा पुरस्कृत हुने श्रष्टाको नाम अनुमोदन गरेको छ ।
शनिबार सम्पन्न भेलाले ‘विन्ध्यवासिनी सङ्गीत दीर्घसाधना सम्मान २०८०’ बाट गायिका मीरा राणालाई रु एक लाख राशिसहित सम्मान गर्ने निर्णय लिएको फाउण्डेशनकी अध्यक्ष लीना रेग्मीले जानकारी दिए ।
“सङ्गीतमा जीवन समर्पण गर्नुभएका र भविष्य देख्नुभएकालाई सम्मान तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ हामीले यसको सुरुआत गरेका हौँ”, अध्यक्ष रेग्मीले भने । उनका अनुसार ‘विन्ध्यवासिनी सङ्गीत साधना सम्मान २०८०’ बाट सङ्गीतकार भूपेन्द्र रायमाझीलाई रु ५० हजारसहित र ‘विन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०८०’ बाट पत्रकार शान्तिप्रियलाई रु २५ हजारसहित सम्मान गरिनेछ । भेलाको निर्णयअनुसार सबै पुरस्कार आगामी चैत १ गते प्रदान गरिनेछ ।
फाउण्डेशनका सल्लाहकार तथा स्वर्गीय गायक प्रेमध्वज प्रधानप्रति श्रद्धासुमनसहित उनको नाममा स्थापित ‘प्रेमध्वज सङ्गीत रत्न सम्मान २०८०’ बाट रुपक डोटेल र स्वर्गीय गायक झलकमान गन्धर्वको नाममा स्थापित ‘झलकमान लोक–सङ्गीत सम्मान २०८०’ बाट लोकदोहोरी गायक राजु परियारलाई सम्मान गर्ने निर्णय उक्त भेलाले गरेको छ । उनी दुवैलाई जनही नगद राशि रु २५ हजारसहित सम्मान गरिने छ ।
















इलाममा हटाइयो चियाको न्यूनतम समर्थन मूल्य
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
सुनको मूल्य प्रतितोला दुई हजार २०० ले बढ्यो, चाँदीको घट्यो
घानाको उत्तर क्षेत्रमा डुङ्गा दुर्घटनाः कम्तीमा ७ जनाको मृत्यु
Twenty-six injured in bus accident
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया