शुक्रबार, वैशाख १८, २०८३

आज ४ वटा संसदीय समितिको बैठक बस्दै, के–के हुन् एजेन्डा ?

मेरोन्यूज २०८० माघ १५ गते ८:४५

काठमाडाैँ । आज एकै पटक ४ वटा संसदीय समितिका बैठक बोलाइएको छ। 

Advertisement
NiccNicc

राष्ट्रिय सरकोकार तथा समन्वय समिति, कानून, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक आज (सोमबार) बस्न लागेका हुन्। 

बिहान ८ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुने कार्यसूची छ।

बिहान ११ : ३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल हुने कार्यसूची छ। त्यसैगरी बिहान ११ बजे सिंहदरबारमा बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सांसदसँग छलफल हुने कार्यसूची छ। 

बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपालको जनसंख्याको हालको अवस्था अनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनराबलोकन र सरकारको तयारीका सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ। 

प्रतिक्रिया