नेपालीलाई विदेशी फौजमा भर्ती हुन रोकौं : बामदेव गौतम
मेरोन्यूज
२०८० माघ १५ गते १८:४८

काठमाडौं। राष्ट्रियसभा सदस्य बामदेव गौतमले नेपाली युवालाई विदेशी सेनामा भर्ती हुन रोक्नुपर्ने बताएका छन्।
सोमबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले उच्च तलबमान हुने अन्य काममा पठाए पनि फौजमा भर्ती हुन पठाउन नहुने बताए। २०/३० हजार नेपाली पाउने गरी नभइ कम्तीमा एक लाख मासिक पाउने ठाउँमा नेपाली युवालाई पठाउनुपर्ने उनको प्रस्ताव छ।
हाल नेपालीहरू बेलायती र भारतीय सेनामा भर्ना हुने गरेका छन्। अर्को विश्वयुद्ध हुँदा पनि नेपालीहरु प्रयोग हुन सक्ने खतरा रहेको नेता गौतमले बताए।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
प्रतिक्रिया