आहा रारा गोल्डकप : पुलिससँग चर्च ब्वाइज भिड्दै

गण्डकी । पोखरामा जारी आहा रारा पोखरा गोल्डकपअन्तर्गत आज हुने अन्तिम क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड आमनेसामने हुँदैछन् ।
उक्त खेल पोखरा रङ्गशालामा दिउँसो २ः३० बजे सुरु हुने आयोजक सहारा क्लब पोखराले जनाएको छ ।
यसअघि सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा मनाङ मस्र्याङ्दीविरुद्ध ‘सडन डेथ’मा ७–६ को जित निकाल्दै जावलाखेल युथ क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो । पहिलो सेमिफाइनल बुधबार जावलाखेल र थ्रिस्टार क्लबबीच हुनेछ ।
आज हुने चर्च ब्वाइज र नेपाल पुलिस क्लबबीचको खेलको विजेताले बिहीबार त्रिभुवन आर्मी क्लबसँग दोस्रो समिफाइनल खेल्नेछ ।
आगामी २० गते फाइनल खेल हुने आयोजक सहारा क्लब पोखराका अध्यक्ष केशवराज बरालले जानकारी दिए । तेइसौँ संस्करणको यस प्रतियोगिताका विजेताले रु १२ लाख एक हजार र उपविजेताले रु छ लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् ।















कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया