रुसी फिगर स्केटर क्यमिला भलिभामाथी प्रतिबन्ध

जेनेभा । रुसी फिगर स्केटर क्यमिला भलिभामाथी प्रतिबन्ध लगाइएको छ ।
लामो समयदेखि चलिरहेको डोपिङ सागा मुद्धामा उनलाई सोमबार दोषी पाइएको हो । जसअनुसार १७ वर्षीया किशोरी क्यामिला माथी चार वर्षको प्रतिबन्ध लगाइएको थियो।
स्विट्जरल्याण्डको खेलकुदको आर्बिट्रेसन कोर्टले बेइजिङमा २०२२ को शीतकालीन ओलम्पिक अघि भएको परीक्षणबाट भलिभालाई डोपिङ विरोधी नियम उल्लङ्घनमा दोषी पाइएको थियो। जस अनुसार रुसले आफना १५ बर्षिया खेलाडीलाई डोपिङ दिएर ओलम्पिकमा उतारेको पुष्टी भएको छ ।
साे प्रतिबन्ध डिसेम्बर २५ डिसेम्बर २०२१ देखी गणना सुरु हुनेछ, जुन दिन डोपिङको आशंकामा नमूना सङ्कलन गरिएको थियो । उनी माथी सो प्रतिबन्ध लागे पछि विश्वभरका एन्टी-डोपिङ निकायहरूले स्वागत गरेका छन ।
‘बालबालिका माथीको डोपिङ अक्षम्य छ,’ विश्व एन्टी डोपिङ एजेन्सी (वाडा) ले एक विज्ञप्तिमा भन्यो, ‘डाक्टर, प्रशिक्षक वा अन्य सहयोगी कर्मचारीहरू जसले नाबालिगहरूलाई प्रदर्शनका लागि थप तागतदार पदार्थहरू उपलब्ध गराएको पाइन्छ उनीहरूले विश्व एन्टी डोपिङको मुद्धा सामना गर्नुपर्छ ।’
क्यामेला डोपिङको आशंकामाा नमुना संकलन गर्दा केवल १५ वर्षकी थिइन्, जब उनले ट्राइमेटाजिडिनको लागि परीक्षण गरे तब उनी माथी डोपिङ प्रयोग गरिएको प्रारम्भिक रिर्पोट देखिएको थियो । जसलाई अहिले अदालतले दोषी ठहर गरेको हो ।

















इरानद्वारा इजरायल र अमेरिकी अड्डामा थप आक्रमण
हालसम्म ८३ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, कस्ले कति जिते ?
हुम्लामा २ रोकायाबिच तिब्र प्रतिस्पर्धा
तबला दिएको फोटो राख्दै ओलीले भने- बालेन बाबु बधाई !
प्युठानमा रास्वपाका सुशान्त वैदिक विजयी, सूर्य थापा तेस्रो
गगन उम्मेदवार रहेकाे सर्लाही-४ स्थित एक मतदान केन्द्रमा विवाद : मतदान रोकियो
दुर्गमका मतपेटिका हेलिकप्टरबाट संकलन गरिँदै
भाेट हाल्न जाँदै हुनुहुन्छ ?, यस्ताे छ आजकाे माैसम
परराष्ट्र सचिव र चिनियाँ राजदूतबीच भेट
बाजुरामा मतदान सम्पन्न, मतपेटिका संकलन गरिँदै
प्रतिक्रिया