छुट्टाछुट्टै स्थानमा ८ जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा ८ जना मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार सिरहाको नरहा गाउँपालिका-२ पानवारीस्थित हिमालय सुगर मिलको कम्पाउण्डभित्र चालकहरु सुत्ने टिनको टहरामा ट्रयाक्टरमा उखु लिएर आएका ट्याक्टर चालक कर्जन्हा नगरपालिका-११ बस्ने २७ वर्षीय अशोक दास मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै मोरङ, विराटनगर महानगरपालिका-१३ जतुवा नहर छेउस्थित खाली गुम्तीमा विगत ३/४ वर्ष देखि मागी खाई बस्ने भारत हरिपुर घर भएका ४५ वर्षीय संजय पासवान नाम बताउने पुरुष गुम्तीमै मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी मोरङ, बेलबारी नगरपालिका-२ स्थित बाटोको छेउमा लेटाङ नगरपालिका-१ अँधेरी घर भएका ६३ वर्षीय अकले तामाङ गएराति मृत अवस्थामा फेला परेका छन् ।
दाङ, घोराही उपमहानगरपालिका-३ झिंगनी बस्ने ५७ वर्षिय छुन्ना चौधरी बबई पुल नजिक पानीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर, ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित पाटीमा काठमाडौं साँखु घर भएका ५५ वर्षीय कृष्ण तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
काभ्रे, पाँचखाल नगरपालिका-२ अनेकोट जलढुङ्गा बस्ने ४० वर्षीया सुक्रा मिजार सोही ठाउँस्थित जलढुङ्गाको खोल्सामा मंगलबार मृत अवस्थामा फेला परेकी छन् । माघ १० गते बेलुका घरबाट हिँडेकी उनको खोजी गर्ने क्रममा शव फेला परेको हो ।
पाल्पा, रैनादेवी छहरा गाउँपालिका-१ सिद्धेश्वर अर्चले बस्ने ६३ वर्षीय रेवतिराम अर्याल आफ्नै घरको बरन्डामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सिन्धुपाल्चोक, चौतारा साँगाचोक गढी नगरपालिका-२ बतासे बस्ने ४३ वर्षीय राजु भन्ने प्रेम बहादुर थापा सोही नगरपालिका-२ भोटेफुल्पिङ बस्ने आईते लामाको मानिस बसोवास नगरेको घरको पिँडिमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल
आज कुन तरकारिको मूल्य कती ?
‘क्यासिनो’मा जुवा खेलिरहेका १९ नेपाली पक्राउ
इरानका विदेशमन्त्री अराघची किन गए चीन ?
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता पठाउँदै राष्ट्रपति
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
प्रतिक्रिया