प्रधानमन्त्री कपमा कोशीको पहिलो जित

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले पहिलो जित हासिल गरेको छ । कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हराउँदै आफ्नो अपराजित यात्रा टुङ्ग्याएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा कोशीले अन्तिम खेलमा लुम्बिनीलाई पराजित गर्दै दुई अङ्कका साथ प्रतियोगिताको अन्त्य गरेको छ । कोशीले टस हारेपछि पहिला ब्याटिङ गर्दै ४४ दशमलव चार ओभरमा सबै विकेट गुमाएर एक सय ७२ रन बनायो । एक सय ७३ रनको विजयी लक्ष्य पच्छाएको लुम्बिनीको पारी ४६ दशमलव पाँच ओभरमा सवै विकेट गुमाएर एक सय ५६ रनमा समेटियो ।
लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३२ रनको योगदान दिए । त्यस्तै विराट भण्डारीले २८, समराट भुसालले २६ तथा कृष्ण कार्कीले २२ रन बनाए । यस्तै कप्तान सुशान्त थापा र निर्मल गुरुङले समान ११÷११ रन जोडे ।
बलिङतर्फ कोशीका सुजन घिमिरेले तीन तथा अभ्यास तिमिल्सिना, कमल खत्री र समीर कार्कीले दुई दुई विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने क्रममा कोशीका लागि कप्तान अङ्कित सुवेदीले सर्वाधिक ४९ रनको योगदान दिए । त्यस्तै सौजन घिमिरेले ४३, मिनास थापाले २५ तथा सोनु अन्सारीले १७ रन बनाए ।
बलिङतर्फ लुम्बिनीका नर सार्कीले चार विकेट लिए । यस्तै वीर मगरले तीन तथा अभिशेक गौतमले दुई र कृष्ण कार्कीले एक विकेट लिए ।















निर्देशक तुलसी घिमिरेले तयार पारेकाे ‘पहाड’ मा नेपाली समाजको कथा
More than 6,700 tourists from third countries enter Nepal via Kakadbhitta
कालीमाटीमा मटरकोसा भाउ किलोको ५०,गोलभेँडाकाे ४५, अरु तरकारीको कति?
बाजुराको उच्च भेगमा वर्षातसंगै हिमपात हुँदा किसान खुसी
शर्माको नेतृत्वमा एनआरएनकाे नयाँ कार्यसमिति आज घोषणा हुँदै
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रचण्ड र रविबीच कुराकानी
सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट, आज कतिमा काराेबार हुँदैछ ?
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
प्रतिक्रिया