चिसो मौसममा कस्ता खानेकुरा खान उपयुक्त?

देशैभर जाडो बढ्दै गइरहेको छ । अहिले चिसोका कारण काठमाडौंवासी मात्रै होइन, तराईदेखि हिमाल र पहाड सबैतिरका वासिन्दाहरुको जीवनयापन कष्टकर बन्दै गएको छ ।
यो समयमा विशेष गरेर वृद्धवृद्धा तथा बालबलिकाहरुलाई विशेष खानपानमा ध्यान पुर्याउनुपर्छ । जाडो मौसममा शरीरलाई न्यानो बनाउन धेरै प्रकारका तातो परिकारहरु सेवन गर्नुपर्छ ।
जाडोको समयमा खानामा लापरबाही गर्नुहुँदैन । जाडो मौसम सुरु भएलगत्तै रुघा, खोकी, ज्वरोजस्ता रोगहरूले सताउने गर्दछ । जाडो मौसममा आफूलाई न्यानो राखिराख्न मानिसहरु तातो–तातो चिया पिउने गर्दछन् तर यदि तपाईंले आफ्नो प्रतिरक्षा प्रणालीलाई बलियो नराखेको खण्डमा यसले तपाईंलाई निकै समस्यामा पार्न सक्छ । यो समयमा जति न्यानो कपडा लगाउन सकिन्छ त्यति नै फाईदाजनक हुन्छ ।
जाडो महिनामा लाग्ने रोगबाट बच्नका लागि तपाईंले अदुवा, लसुन, च्याउ, चिया, दही, माछा र गाजरजस्ता खानेकुरा सेवन गर्नू भयाे भने तपाईंको शरीरलाई तातो राख्नुका साथै शरीरलाई अन्य रोगहरुबाट लड्न सहायता मिल्ने गर्दछ ।
त्यसैले जाडोमा कस्ता खानेकुरा खाने र कस्ता नखाने भन्ने ज्ञान हुन पनि जरुरी छ । न्यानोपन प्रदान गर्न, आफूलाई रुघाखोकीबाट मुक्त राख्न जाडाे माैसममा बजारमा विभिन्न परिकारका खानेकुरा उपलब्ध छन् । जसको सही उपयोग गरे स्वस्थ रहन सकिन्छ ।
१. च्याउः च्याउले तपाईंको इम्युन सिस्टमलाई बढाउने गर्दछ । यसमा पाइने बिटा ग्लुकनले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउने कार्य गर्दछ ।
२. आलसः जाडोमा शरीरलाई तातो बनाइराख्न आलसको सेवनलाई प्रभावकारी मानिन्छ । आलसलाई भुटेर पाउडर बनाई बिहान–बेलुकी दूध वा पानीसँग सेवन गर्दा यसले दिमागलाई प्रभावकारी ढंगले काम गर्न मद्दत गर्छ भने शरीरलाई न्यानो बनाइराख्छ । आलसमा ‘ओमेगा थ्री, फ्याट्टी एसिड’ जस्ता पौष्टिक पदार्थ पाइन्छ ।
३. लसुनः चिसो भगाउनका लागि लसुनलाई निकै राम्रो मानिन्छ । यसले कुनैपनि रोगको संक्रमण हुनबाट बचाउँछ भने भाइरससँग पनि लड्न सहयोग गर्दछ ।
४. गाजरः चिसो मौसममा शरीरलाई स्वस्थ राख्न गाजरलाई पनि नियमित आहारमा समावेश गर्नु उपयुक्त हुन्छ । यसले शरीरमा जन्मने भाइरसलाई नष्ट गर्ने गर्दछ ।
५. अदुवाः अदुवाले चिसो मौसममा पुर्याउने फाइदाको बारेमा हामी सबै जानकार छौँ त्यसकारण अदुवा हालेको चिया अवश्य पिउनुहोस् ।
६. झोलिला खानेकुराः जाडोमा तापक्रम सन्तुलनमा राख्न र आन्तरिक मेटाबोलिजम बढाउन पनि तातो झोलिला खानेकुरा सेवन गर्नु फाइदाजनक रहन्छ ।
७. मरिचः चिसो मौसममा रुघा, खोकी र ज्वरोसँग लड्नका लागि तपाईंले आफ्नो खानामा कालो मरिच समावेश गर्न आवश्यक छ ।
८. सागपातः जाडो मौसममा शरीरका लागी हरियो सागपात सबैभन्दा उत्तम भोजन हो । सागमा फाइबर, फलिक एसिड, भिटामिन सी, पोटासियम, म्याग्नेसियमका साथै अन्य पोषक तत्व पर्याप्त पाइन्छ । ज्वानो–मेथी लगायत सुप प्रयोग गरिएका झोलयुक्त पदार्थ जाडो मौसममा खानु उत्तम हुन्छ ।
९. दुध तथा अण्डाः अण्डा वा दूधको नियमित सेवनले हाड मजबुत हुनुका साथै शरीरमा तापक्रम बढाउने काम गर्दछ । यसले शरीरमा अत्यधिक तातोपना बढाई चिसोबाट बचाउँछ ।
१०. चिकन सुपः चिसो हावाबाट बच्नका लागि चिकन सुपलाई निकै राम्रो मानिन्छ । ठूलो कचौरा एक कचौरा चिकन सुप पिउनाले पेट पनि भरिन्छ र तपाईंलाई चिसो र ज्वरोबाट बचाउँछ ।
११. घिउबाट बनेका परिकारहरुः जाडो याममा सेवन गर्न सकिने खानेकुरामध्ये घिउ पनि एक हो । विशेष गरी घिउबाट बनाइएका परिकारहरु जस्तै हलुवा, घिउबाट बनाइएका लड्डू आदि । घिउलाई बिहान दूधसँग सेवन गर्दा शरीरलाई तुरुन्तै गर्मी र ऊर्जा दिन्छ ।
१२. बेसारः बेसारको सेवनले शरीरलाई तातो बनाइराख्न सहयोग पु-याउँछ । जसले गर्दा जाडोयाममा अन्य अवस्थामा भन्दा बढी बेसार खाँदा शरीरलाई फाइदा हुने बताइएको छ । बेसार आफैमा प्रभावकारी रोगप्रतिरोध क्षमता प्रवद्र्धक पदार्थ हो ।
जाडाेकाे समयमा यस्ता खानेकुराहरुले हाम्राे शरिरलाइ न्यानाे राख्नुका साथै राेग लाग्नबाट बचाउने गर्दछ ।
















अपर तमोर हाइड्रो कम्पनीमा कार्यरत एक युवक मृत अवस्थामा फेला
इरानी मिसाइल आक्रमणमा अमेरिकी सैनिक घाइते, अमेरिकाले थप सेना पठायो
मध्यपूर्वमा तनाव चर्किँदै, समुद्री ढुवानीमा अवरोधको डर
कार्यविवरणको कार्यसम्पादन सूचक ४५ दिनभित्र तयार गरिने
एथर रिज्टा एस नेपालमा सार्वजनिक, कति छ मूल्य ?
कर्मचारीलाई प्रधानमन्त्री बालेनको निर्देशन- कुनै पनि बाहना बनाएर काममा ढिलासुस्ती नगर्नु
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
यस्ता छन् बालेन सरकारकाे पहिलो मन्त्रिपरिषदका ४ निर्णय (भिडियाे)
Ather Rizta S Launches Nationwide in Nepal at an Unmissable Introductory Price
प्रतिक्रिया