कार्वन उत्सर्जनले मानव स्वास्थ्यमा परेको असरबारे अध्ययन गर्न जरुरी छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मानव स्वास्थ्यमा प्रतिकुल असर पुर्याउने कुरामा सबैले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए ।
पार्टीको केन्द्रीय वन तथा वातावरण विभागले आज ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा ‘जलवायु परिवर्तनले वातावरणमा पारेको असर र समाधानका उपायका’ बारेमा अन्तरक्रिया कार्यक्रममा उनले मानवीय स्वार्थ र असावधानीले स्वास्थ्य तथा वातावरणमा प्रतिकूल असर पार्ने काम भइरहेको बताए ।
अध्यक्ष ओलीले जलवायु परिवर्तनको स्वाभाविक कारणलाई रोक्न नसकिने हुँदा त्यस्ता प्राकृतिक अवस्थामा मानिसले अनुकूलित हुन सिक्नु अनिवार्य रहेको बताए । उनले कार्वन उत्सर्जनका कारण मानव स्वास्थ्यमा पारेको असरलाई न्यूनीकरण गरी समस्या समाधानका बारेमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।
अध्यक्ष ओलीले काठमाडौँ उपत्यकामा इँटा उद्योगबाट भइरहेको कार्वन उत्सर्जनले मानव स्वास्थ्यमा पारेको असरका बारेमा अध्ययन गर्न जरुरी रहेको भन्दै उपत्यकामा कार्वन उत्सर्जन नहुने प्रविधिका उद्योग स्थापनामा सरकारले प्रोत्साहन र प्रवद्र्धन गर्नुपर्ने बताए । “कार्वन उत्सर्जन बढ्दै गएको छ । यसको समाधान कसरी गर्न सकिन्छ भन्नेतर्फ सबैको ध्यान जान जरुरी छ”, उनले भने ।
अध्यक्ष ओलीले जलवायु परिवर्तनका कारण सिर्जना भइरहेका स्वास्थ्य समस्यालाई लिएर मानिस चिन्तित भइरहेका भन्दै नेपालमा वनको क्षेत्रफल अनुसार जङ्गल नरहेकाले सघन वन क्षेत्र बढाउनुपर्नेमा जोड दिए ।
विभाग प्रमुख भारती पाठकले पृथ्वीले धान्न नसक्ने गरी कार्वन उत्सर्जन भइरहेको भन्दै त्यसको रोकथाम र समाधान खोज्नुपर्ने आवश्यकता रहेको बताए ।
















प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया